Breaking News

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई

Banner

चितवन,मंसिर ११-

नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकारी दिइएको छ । एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गर्नुभएको थियो ।

पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको हो । जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>