चितवन विशेष

एमाले केन्द्रीय सदस्यमा बालिका गिरीको उम्मेदवारी घोषणा

Banner

चितवन,मंसिर ११-

पञ्चायती शासनमा विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी बालिका गिरीले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी गिरी तत्कालीन नेकपा माले हुँदै एमाले, अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी, पार्टीको जिल्ला सम्पर्क मञ्च, अञ्चल सम्पर्क मञ्च, केन्द्रीय सम्पर्क विभाग, केन्द्रीय संघीय मामिला विभागमा रहेर चार दशकभन्दा लामो समयदेखि सक्रिय छिन् ।

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्याशी रहेकी गिरीले ४ दशक लामो राजनीतिक जीवनको अनुभव केन्द्रीय कमिटीमा पुगेर योगदान गर्न चाहेको बताइन् । ‘मेरो उर्जाशील समय पार्टी काममा लगाएँ, यसपटक दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छु’ गिरीले भनिन् ।

लामो समयको राजनीतिक जीवनको अनुभवलाई पार्टी संगठन निर्माण तथा सुदृढीकरणमा थप क्रियाशिल गराउने तथा पार्टीलाई अझै सशक्त बनाएर नेपाली जनताको आशा र भरोसाको पार्टीको रुपमा एमालेको छवीलाई अझै उचो बनाउने उद्धेश्यले आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ । देशमा व्यावसायिक कृषि क्रान्तिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन सकिने आफ्नो दृष्टिकोण र अभियान रहेको पनि गिरीले बताइन् ।

२०३८ सालमा १४ वर्षकै उमेरमा चितवनको तत्कालीन जगतपुर गाउँ कमिटीको अनेमसंघको सचिव भएदेखि राजनीतिमा निरन्तर सक्रिय गिरी सशक्त महिला नेतृका रुपमा परिचित छिन् । गिरी आठौं महाधिवेशनपछि एमाले केन्द्रीय संघीय मामिला विभागको सदस्य रहेकी थिइन् । हाल अनेमसंघको केन्द्रीय सदस्य रहेकी गिरीको सम्पादनमा २५ वर्ष देखि दोभान साहित्यिक पत्रिका प्रकाशित हुँदै आएको छ । उनी नेपाल साहित्यिक पत्रकार संघको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>