Breaking News

एमाले महाधिवेशनः प्रतिनिधिहरुद्धारा सर्वसम्मतको माग गर्दै नाराबाजी

Banner

चितवन,मंसिर ११-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुले महाधिवेशनमा सर्वसम्मत नेतृत्व गर्नुपर्ने माग गरेका छन । सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन । उनीहरुले नेतृत्व सर्वसम्मत हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्दसत्रमा २ हजार १ सय ७५ जना प्रतिनिधि हुने छन । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

बन्दसत्र सुरु हुनु अघि एमाले नेताहरु छलफलमा जुटेका छन् । सहमतिको प्रयास जारी रहेको भन्दै बन्दसत्र १२ बजेपछिमात्र सुरु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>