Breaking News

एमाले केन्द्रीय कमिटी बैठकः सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय

Banner

चितवन,मंसिर ११-

नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठक पदाधिकारीको संख्या थप्ने निर्णय गर्दै सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो।

बैठकपछि समितिले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक गरे। भट्टराईका अनुसार अब केन्द्रीय कमिटीमा ७५ जना थपिएर ३०१ सदस्यीय हुनेछ। हाल केन्द्रीय समिति २२५ सदस्यीय छ। यसैगरी पोलिटब्युरो एक तिहाई सदस्यको हुनेछ। जसमा अब ९९ सदस्य रहनेछन्। तर‚ स्थायी कमिटी भने ४५ सदस्यीय नै रहने छ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित अब एमालेमा सात जना उपाध्यक्ष रहनेछन्। यसैगरी थपिने दुई जनासहित उपमहासचिव तीन जना रहनेछन्। एमालेका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग प्रत्येक २५ सदस्यीय हुने छन्। एमालेले विधानसमेत फेर्ने तयारी गरेको छ। पदाधिकारी थपिने भएकाले सोहीअनुसार विधान पनि परिवर्तन गर्न लागिएको हो।आजको  बन्द सत्रमा विधान परिवर्तनको प्रस्ताव लैजाने तयारी गरिएको छ। बन्दसत्र आज बिहान १० बजे हुनेछ।

साँझ ८ बजे बस्नुपर्ने बैठक ट्राफिक जामका कारण समयमै सहभागी नेताहरू सौराहास्थित बैठकस्थल होटल जंगल क्राउन पुग्न नसक्दा ढिलो शुरु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>