चितवन विशेष

एमाले महाधिवेशनः जव ओली आफैं जाममा फसे

Banner

चितवन,मंसिर १०-

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने देशभरका कार्यकर्ताका कारण चितवन शुक्रबार दिनभर अस्तव्यस्त बन्यो।

मानिसहरु सडक ढाकेरै बसेका र गाडीहरु सडकमै पार्क गरिएका कारण एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधनले पनि दिनभर सास्ती व्यहोरे।महाधिवेशनको उद्घाटन कार्यक्रम सकिएपछि सबै एकैपटक फर्कन थालेपछि साँझ फेरि सडक अस्तव्यस्त भएको छ।

नारायणगढदेखि सौराहसम्मै गाडीको लस्कर छ।​महाधिवेशनको उद्घाटन सकेर केन्द्रीय कमिटीको बैठक र बन्दसत्र हुने स्थल सौराहा जान लागेका अध्यक्ष केपी शर्मा ओली पनि जाममा फसेका छन्। साना ठूला गाडीले सडक ढाकेपछि उनलाई जाम छिचोल्न मुश्किल भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>