Breaking News

एमाले अध्यक्ष ओलीद्वारा प्रेस चौतारी चितवन स्मारिकाको विमोचन

Banner

चितवन, मंसिर १० –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपाल, चितवन शाखाको स्मारिका विमोचन गरेका छन् ।

आज शुक्रबार भरतपुरमा भएको नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले स्मारिकाको विमोचन गरेका हुन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले एमालेको महाधिवेशनलाई लक्षित गरेर स्मारिका निकालेको शाखाका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । स्मारिकामा चितवनका विभिन्न पत्रकारको लेखका साथै चितवनका विभिन्न पक्ष समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>