Breaking News
एमाले महाधिवेशन: बाहिरी जिल्लाबाट अएकाहरु बसपार्क र नारायणी किनारमा खाना पाकाएर खाँदै (फोटोफिचर)
०

चितवन, मंसिर १०-
नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएकाहरुले बसपार्क र नारायणी किनारमा खाना पकाएर खाएका छन् ।
अहिले नदी किनारमा नेता कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । बिहानैदेखि नारायणगढमा मानिसहरुको घुइँचो लाग्न सुरु गरेको छ । उद्घाटन स्थल नारायणी किनारमा बिहानैदेखि घुइँचो लागेको छ ।
पूर्वि जिल्लाबाट आएकाहरु भरतपुरको केन्द्रीय बसपार्कमा खाना पकाएर खाएका छन् भने पश्चिमबाट आउनेहरु नारायणी किनारमा बसेर पकाएका छन् ।
केही कार्यकर्ता भने मादल बजाएर गीतसंगीतमा झुमिरहेका छन् ।
प्रत्येक कार्यकर्ताले पैसा उठाएर गाउँबाटै खानेकुरा ल्याएको रौतहटबाट आएका एक वृद्धले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























