Breaking News

चितवनमा एमाले महाधिवेशनः नारायणी नदी किनारमा उर्लियो लाखौंको जनसागर (तस्विरमा)

Banner

चितवन,मंसिर १०

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुँदैछ। नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी छ । उद्घाटन अघिनै नारायणी नदी किनार भरिभराउ भएको छ । आज बिहानैदेखि सडकमा कम सवारी चलेका छन्। महाधिवेशनमा भाग लिन आउनेहरूको सवारी साधन मात्रै सडकमा देखिएको छ।

आज मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट र्‍याली उद्घाटनस्थलतर्फ बढिरहेको छ। एमालेका सबै शीर्ष नेताहरू हिजै चितवन पुगिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>