Breaking News

एमाले महाधिवेनः उद्घाटन सत्रमा जनलहर उर्लिदै, नारायणी किनारमा विहानैदेखि कार्यकर्ताको भिड

Banner

चितवन, मंसिर १०-

नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो ।

आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो । महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको रावलले बताउनुभयो । चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ ।

चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलको भनाइ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरुको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरुलाई संयमित हुनका लागि जिल्ला अध्यक्ष रावलले आग्रह गर्नुभएको छ । जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरीबाट पाँच लाख मानिसहरु नदीकिनारमा उतार्ने बताउनुभयो ।

महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>