Breaking News

एमाले महाधिवेशनः उद्घाटन सत्रमा सहभागी हुन महन्थ ठाकुर चितवनमा

Banner

चितवन,मंसिर ९-

एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>