Breaking News

भारतबाट एमाले महाधिवेशनमा पाँच दलका नेता आउने, चीनले भिडियो सन्देश पठाउने

Banner

चितवन, मंसिर ९-

भारतबाट एमालेको दसौँ महाधिवेशनमा विभिन्न पाँच दलका नेताहरु आतिथ्य ग्रहण गर्न आउने भएका छन् भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन्। ।

हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ भने एमालेले चीन, म्यानमारदेखि उत्तर कोरियाका कम्युनिष्ट पार्टीलाई समेत निमन्त्रण गरिएको छ।

एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईका अनुसार भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली नेपाल आइसकेको र अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने बताए । भट्टराईका अनुसार महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने पक्का भएको छ।

त्यस्तै कोरोना महामारीका कारण देखाउँदै सीपीसीका कुनै पनि नेता नेपाल नआउने र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि करिब एक वर्षदेखि कुनै पनि देशको भ्रमणमा निस्किएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>