Breaking News

इतिहासमै पहिलो पटक चितवनका सबै होटल भरिए, महाधिवेशनमा आउने थप पाहुनालाई कोठा अभाव

  • Logo
    app haru
  • ९ मंसिर २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर ९ –
चितवनको इतिहासमा पहिलोपटक सबै होटलहरु भरिएका छन् । भोलिदेखि चितवनमा सुरु हुने नेकपा एमालेले १० औँ महाधिवेशनका लागि आएका पाहुनाहरुले गर्दा यहाँका होटल भरिएका हुन् ।

क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष दिपक भट्टराईले सौराहका सबै होटल भरिएको बताए । उनका अनुसार कतिपय होटल अग्रिम बुकिङ् गरेर राखिएको छ भने कतिपयमा होटलमा मानिसहर आइसकेका छन् ।

नेकपा एमालेले मात्र सौराहमा ३ हजार ५०० कोठा बुकिङ् गरेको भट्टराईले जानकारी दिए । कोठाका लागि पार्टीले संघसँगै सम्झौता गरेको छ । उनले भने, ‘सौराहका होटलहरुमा ६ हजार ५०० वटा बेड रहेका छन् । ती बेडहरुमध्ये करिब १० प्रतिशतमा पर्यटकहरु होलान् । बाँकी ९० प्रतिशतमा एमाले महाधिवेशनका लागि आएका पाहुना छन् ।’

इतिहासमै पहिलोपटक सौराहका सबै होटलहरु भरिएको बताउँदै भट्टराईले अब १२ गतेसम्म सौराहमा कुनै पनि कोठा खाली नरहेको बताए । ‘महाधिवेशनकै लागि आउन लागेकाहरु थुप्रैले कोठा चाहियो भनेर फोन गरेका गरै छन् । रिर्पाेटिङ्गका लागि बाहिरबाट आउने पत्रकार र सञ्चारमाध्यमले पनि कोठा मिलाइदिन भनेका छन् । तर हामीले पु¥याउन सकेनौं’ उनले भने ।

होटल व्यावसायी संघ चितवन नारायणगढ इकाइका अध्यक्ष एवम् चितवभर रहेका ८ वटा इकाइका संयोजक कृष्ण महतोले चितवन र नवलपरासीको गैंडाकोटका सानाठूला गरी सबै होटल भरिएको जानकारी दिए । उनले भने ‘चितवनमै पहिलोपटक सबै होटल भरिएका छन् । मेघौली र माडीका होटलहरुमा भने महाधिवेशनले अहिलेसम्म त्यति प्रभाव पारेको छैन । अन्य स्थानका सबै होटल भरिएका छन् ।’ उनले कोठा चाहियो भनेर धेरैको फोन आइरहेको बताउँदै उनले अब नयाँ आउनेका लागि होटलहरुमा कोठा उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको बताए ।

नारायणगढबाट ३५ किलोमिटर टाढाको दुरीमा रहेको मेघौलीका होटलहरुमा भने अहिलेसम्म महाधिवेशनका लागि आएका पाहुनाहरु पुगिसकेका छैनन् । माडीमा होमस्टेहरु रहे पनि माडी भरतपुरबाट निकुञ्ज पारी टाढाको दुरीमा रहेको छ ।

संयोजक महतोले स्तरीय खाना खुवाएर र उचित दरमा पाहुनाहरुलाई राख्न होटल व्यावसायीलाई आग्रह गरेका छन् । चितवनको गरिमा उच्च राखिरहन् र आगामी दिनमा आन्तरिक पर्यटक वृद्धि गराउने गरी सेवा प्रदान गर्न उनले सम्पूर्ण होटलहरु समक्ष आग्रह गरेका छन् ।

होटल व्यावसायी संघ चितवनका पूर्वअध्यक्ष एवम् महासंघका केन्द्रीय उपाध्यक्ष इमान्दु बारालका अनुसार चितवनमा ६०० को हाराहारीमा सानाठूला लजसहितका होटल रहेका छन् । ती होटलमा लगभग ८ देखि १० हजार जनासम्म अटाउन सक्छन् ।

उनले सौराह, नारायणगढ र गैंडाकोट क्षेत्रमा अब कोठा पाउन मुस्किल रहेको बताउँदै मेघौलीतर्फ पनि ध्यान दिन आग्रह गरे । मेघौलीमा रहेका ३०/३५ वटा होटलहरुमा करिब ५०० जना अटाउन सक्ने क्षमता रहेको बरालले जानकारी दिए ।

एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्र भोलि मंसिर १० गते नारायणगढको नारायणी किनारमा हुनेछ भने बन्द सत्र ११ र १२ गते सौराहको होटल सेभेन स्टारमा हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>