Breaking News

एमाले महाधिवेशन : पूर्वबाट आउने सबै सवारी चल्ने, पश्चिमका अत्यावश्यक सवारी साधन नरोकिने

Banner

चितवन, मंसिर ९ –

नेकपा एमालेको भोलिदेखि सुरु हुने १० औं महाधिवेशनमा पूर्वबाट आउने सवारी साधनलाई निर्वाधरुपमा सञ्चालन गर्न दिइने भएको छ ।

भरतपुर आएका गाडीलाई बाइपास सडकखण्ड हुँदै र अन्य सवारी सधानलाई पूर्वि चितवनको टाँडीबाट पदमपुर हुँदै बाइपास सडकखण्डको विशाल चोकमा ल्याएर काठमाडौं र पोखर जाने व्यवस्था गरिने भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार पश्चिमबाट आउने र पूर्वबाट पश्चिम जाने अत्यावश्यक सवारी साधनलाई सञ्चालन गरिने छ । अन्य सवारी साधन भने अवस्था हेरेर रोक्ने र सञ्चालन गर्ने निर्णय गरिने छ ।

केही सञ्चारमाध्यममा महाधिवेशनमा एम्बुलेन्स पनि रोकिने भनेर आएको समाचारको खण्डन गर्दै प्रजिअ तामाङले पश्चिमबाट आउने र जाने एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई पुलचोकबाट शिवघाट हुँदै केन्द्रिय बसपार्क ल्याइने र बाइपास हुँदै काठमाडौं र पूर्वि नेपालतर्फ पठाइने बताउनुभयो ।

‘नारायणीको पुललाई खाली गराउँछौं, उहाँले भन्नुभयो, ‘अत्यावश्यक सवारी साधन सहजरुपमा आउने वातावरण निर्माण गर्छाैं ।’

१८५ जना ट्राफिक प्रहरी परिचालन हुँदै

प्रजिअ तामाङले भोलि हुने उद्घाटन सत्रमा १८५ जना ट्राफिक प्रहरी परिचाल हुने बताउनुभयो । जिल्ला, प्रदेश र अन्य क्षेत्रबाट आएका ट्राफिकलाई परिचालन गरिँदै छ । बाहिरी जिल्लाबाट मात्र १०० जना ट्राफिक चितवन आएको तामाङले बताउनुभयो । १३ जना ट्राफिक पार्किङ्ग जोनमा खटिनेछन् । भिआइपी र अन्य सवारी साधनको आवागमनका लागि सोहीअनुसारको योजना तयार पारिएको प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>