Breaking News

एमालेले यसरी सजायो नारायणी किनार र चितवनका सडक (फोटो/भिडियोसहित)

  • Logo
    app haru
  • ८ मंसिर २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर ८ –
नेकपा एमालेले दशौं महाधिवेशनलाई लक्षित गरेर नारायणगढको नारायणी किनार र चितवनका मुख्य सडक क्षेत्र सजाएको छ ।

मुख्यमुख्य सडक क्षेत्रमा एमालेको झण्डा र अनेरास्ववियुको झण्डाले सजाइएको छ । यतिबेला नारायणगढ बजार क्षेत्र एमालेको झण्डाले रंगिचंगि देखिएका छन् ।

महाधिवेशनमा आउने पाहुनाहरुलाई स्वागत गर्नका लागि चितवन प्रवेश गर्ने सिमानासहित राजमार्गका मुख्यमुख्य क्षेत्रमा स्वागत द्वार राखिएको छ ।

नारायणी किनारमा स्टेज निर्माणको काम ७५ प्रतिशत सकिएको महाधिवेशन स्वयम सेवक परिचालन समितिका संयोजक एवम् मञ्च व्यवस्थापनमा खटिएका नेता विनोद श्रेष्ठले जानकारी दिए ।

नारायणी किनारका २५ स्थानमा सेल्फी प्वाइन्ट राखिएको छ । एमालेको लोगोसहित १० औं महाधिवेशन लेखिएको फ्रेम राखेर सेल्फी प्वाइन्ट बनाइएको छ । नारायणी किनारका खाल्डाखुल्डीलाई पुरेर सम्याइएको छ ।

संयोजक श्रेष्ठले विभिन्न स्थानमा एलसिडी राखेर स्टेजमा भइरहेको गतिबिधिलाई देखाइने बताए । उनले नारायणी किनारको वारी (चितवनतर्फ) र पारी (नवलपरासी) गरी दुबैतर्फ एलसिडी राखिने बताए ।

उद्घाटन सत्रका दिन मंसिर १० गते नारायणी किनारमा चितवनतर्फ नअटाएको खण्डमा नदी किनारको दुबैतर्फ मानिसहरु राख्ने एमालेको तयारी छ । उद्घाटन सत्रमा करिब ५ लाख मानिसको सहभागिता गराउने एमालेको योजना छ ।

उद्घाटन सत्र र बन्द सत्र हुने दुबै स्थानका मञ्च व्यवस्थापन लगायतका काम गर्दा करिब ५० लाख खर्च हुने अनुमान रहेको संयोजक श्रेष्ठले बताए । बन्द सत्र मंसिर ११ र १२ गते सौराहको होटल सेभेन स्टारमा हुने छ । होटल नजिकको खाली जग्गामा ३ हजार अट्ने अस्थायी हल (डोम) निर्माणको कार्य भइरको छ ।

आज बुधबार साँझ खिचिएको तस्विर र भिडियोमा हेर्नुहोस्, एमाले महाधिवेशन गतिबिधि :

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>