Breaking News
कांग्रेसको पुच्छर बनेर प्रचण्ड-माधवले एमालेसँग धाक लगाएः ओली

काठमाडौं,मंसिर ८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीत गठबन्धनमा आबद्ध पार्टीलाई कांग्रेसको पुच्छर भएको संज्ञा दिएका छन्। कांग्रेसका पुच्छरले एमालेसँग यत्रो धाक लगाउने भन्दै उनले प्रश्नसमेत गरे। गठबन्धनका नाममा बनेका पार्टीहरु कांग्रेसका पुच्छरहरु हुन्। कांग्रेसले कुन दिन पुच्छर हल्लाए भने यिनीहरुको हालत के हुन्छ ? अनि कांग्रेसका पुच्छरले यत्रो धाक लगाउने एमालेसँग? युवा संघद्वारा आयोजित कार्यक्रममा ओलीले भने।
उनले पाँच दलीय गठबन्धन एकतिर र एमाले एक्लै एकातिर भएको बताए। उनले एमाले पार्टीमात्र नभएर जनताको शक्तिसमेत भएको स्पष्ट पारे। अहिले पाँच दलीय गठबन्धनसहित अरु एकतातिर छन्। एमाले एक्लै एकातिर छन्। त्यही भएर एमाले पार्टीको नाममात्र होइन, एमाले नेपाली जनताको प्रतिनिधि शक्ति हो,उनले भने।
उनले पाँच दलीय गठबन्धनकै कारण अहिले न्याय क्षेत्रमा तमाशा भइरहेको बताए।
























