चितवन विशेष

एमाले महाधिवेशनः लोगोमा अंकित गैंडाको मस्कट मूर्ति तयार

Banner

चितवन,मंसिर ८-

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अंकित गैंडाको मस्कटको मूर्ति तयार भएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको छ । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ ।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिने छ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिँदै छ । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग पुरा हुने चरणमा छ । उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैंडाको मस्कटसहित केहि सेल्फि प्वाइन्ट निर्माण गरिएका छन् ।

चितवन दुर्लभ एकसिंगै गैंडाले परिचित भएकाले एमालेले महाधिवेशन लोगोमा गैंडाको मस्कट राखेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>