Breaking News
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
०

काठमाडौँ, मंसिर ८-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।
बालुवाटार पुगेर पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाइएको र मूल्य घटाउन भन्दै अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।
जवाफमा प्रधानमन्त्रीले त्यसबारे बुझेर आवश्यक निर्णय लिने बताएको अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























