Breaking News

चितवनमा घरघरमा निमन्त्रणा पत्र पुर्‍याउँदै एमाले नेता कार्यकर्ता

Banner

चितवन, मंसिर ८ –
चितवनमा पर्सिदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवनका घरघरमा निमन्त्रणा पत्र पठ्याइएको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पर्सि १० गते नारायणी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।

चितवनबाटमात्र एक लाख मान्छे उतार्ने लक्ष्यसहित घरघरमा निमन्त्रणा पत्र पठाइएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

पार्टीका वाड कमिटीहरुलाई घरघरमा निमन्त्रणा पत्र पुर्‍याउन जिम्मा दिइएको छ । नेकपा एमालले महाधिवेशन प्रचारका लागि बेला सडकमा पर्चापम्पलेट नछर्ने घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>