Breaking News

भरतपुरका सडक एमालेको झण्डाले सजाउँदै अनेरास्ववियु

Banner

चितवन, मंसिर ८ –

चितवनमा पर्सिदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर भरतपुरका सडकलाई एमालेको भण्डाले सजाइने भएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भरतपुरका सडकहरुलाई एमालेको झण्डाले सजाउने काम सुरु गरेको छ ।

अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले सडकमा झण्डा टाँग्न क्याम्पस कमिटीहरुलाई जिम्मा दिएको बताए । प्रत्येक क्याम्पसलाई निश्चित क्षेत्र तोकिदिएको बताउँदै आचार्यले आज बिहानबाट काम सुरु भएको बताए ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पर्सि १० गते नारायणी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>