Breaking News

एमाले महाधिवेशनः नारायणी किनार र सौराह क्षेत्रमा चहल पहल बढ्यो,तयारीको ७५ प्रतिशत काम सकियो

Banner

चितवन,मंसिर ८-

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराह क्षेत्रमा चहल पहल बढेको छ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय संगठनका नेताहरु चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पनि बिहीबारदेखि आउने क्रम सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिका लागि सौराहमा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ।

महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदीको किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ। एमाले केन्द्रीय कमिटीका सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले मञ्च निर्माणको काम ७५ प्रतिशत सकिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>