Breaking News
चुनावपछि एमाले चोइटिएर जाने अध्यक्ष नेपालको धारणा
०

काठमाडौं, मंसिर ८-
निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।
जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा आज अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुराकानी गर्दै चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरेका छन । अध्यक्ष नेपालले, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएको समेत दाबी गरेका छन् ।
त्यस्तै एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै उनले भने, ‘म आफैं मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’ आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























