Breaking News

१४ औँ महाधिवेशन: झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

Banner

झापा, मंसिर ७-

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जीत हासिल गर्नुभएको हो । क्षेत्र नं २ मा खगेन्द्र मौनाली निर्वाचित हुन भएको छ । क्षेत्र नं ३ मा गणेश पोखरेल निर्वाचित हुनुभयो । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति बन्नुभएको हो ।

क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित हुनुभयो । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईंलाई पराजित गर्नुभयो । क्षेत्र नं ५ मा ढुण्डीराज भण्डारी निर्वाचित बन्नुभएको छ । भण्डारीले रोशनकुमार गौतमलाई पराजित गर्नुभयो ।

कुन निर्वाचन क्षेत्रबाट को– को निर्वाचित

झापा क्षेत्र नं १:

झापा क्षेत्र नं १ बाट सभापतिमा ईन्द्रबहादुर बुढाथोकी निर्वाचित हुनुभयो । सचिवमा गुणरराज भट्टराई र सुरेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । सहसचिवमा खगेन्द्रबहादुर गिरी र दीपक काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अशोककुमार पोखरेल, केशवराज पाण्डे, तारावीर कटुवाल, पङ्कजविक्रम नेम्बाङ ,पुष्पराज पौडेल, प्रेम सम्बाहाम्फे, मणिकुमार उप्रेती, रामबहादुर कट्टेल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो ।

यस्तै बिमल आचार्य, लोकराज ढकाल, दुर्गादेवी खतिवडा, उषा गुरुङ, गोमा भट्टराई, चन्द्रकला भट्टराई, तेजप्रसाद चौलागार्इं ९तेजु०, रोहितकुमार बुढाथोकी, टीका सुवेदी बराल, सुशीला रिजाल, खड्गबहादुर धिमाल, बालाजित राई निर्वाचित हुनभएको छ । त्यसैगरी डम्बरकुमारी थापा मगर, शोभा श्रेष्ठ, पोषककुमार दर्जी, गौतम मजुमदार९विकी०, र कालु मेचे निर्वाचित हुनुभएको हो ।

झापा क्षेत्र नम्वर २:

झापा क्षेत्र नं २ बाट क्षेत्रीय सभापति पदमा खगेन्द्र मैनाली निर्वाचित हुनुभएको छ । मैनालीले प्रतिस्पर्धी मोहन सुब्बालाई पराजित गर्नुभयो । सचिवमा रामबाबु धिमाल र चन्द्रप्रसाद चुँडाल निर्वाचित हुनुभयो भने सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित हुनुभयो ।

झापा क्षेत्र नं ३:

झापा क्षेत्र नं ३ को सभापतिमा पुनः गणेश पोखरेल निर्वाचित हुनुभएको छ । उहाँले राजेन्द्र घिमिरेलाई पराजित गर्नुभएको हो । सचिवमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधिमा उर्मिलाकुमारी गौतम, तारादेवी बाराकोटी, लता कार्की र शर्मिला अधिकारी, टीकाराज ढकाल, कृष्णप्रसाद प्रसाइँ, खड्गप्रसाद राजवंशी, डम्बरसिंह सिगु, मनोज सुब्बा गौरव तथा ओमप्रकाश सरावगी विजयी हुनुभयो ।

त्यसैगरी जगतबहादुर बस्नेत, दयानन्द गोश्वामी, नवीन बिमली, विजय रिजाल, भगीरथ पोद्धार, भूमिप्रसाद राजवंशी, मोहन महर्जन, रामप्रसाद दुलाल, श्यामप्रसाद सिटौला र सीताराम खड्का महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो ।

झापा क्षेत्र नं ४:

झापा निर्वाचन क्षेत्र नं ४ मा झापा गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका जयनारायण शाह तेस्रो पटक क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । सचिवमा रुपनारायण खतिवडा, सुमन काफ्ले विजयी हुनुभएको छ । सहसचिवमा इन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित हुनुभयो । त्यस्तै सदस्य खुल्लातर्फ नरेन्द्र बस्नेत, कृष्णप्रसाद कार्की , दुर्गाप्रसाद भट्टराई, सलबहादुर लिम्बू, गणेशबहादुर राई, पशुपतिनाथ दाहाल र पदमबहादुर रिमाल निर्वाचित बन्नुभयो ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे सर्वाधिक मत ल्याएर विजयी हुनुभयो । त्यस्तै कात्तिकलाल राजवंशी पर्शुराम ढुङ्गाना, उत्तमबहादुर चौलागाई खत्री, किरण भट्टराई, उत्तम शर्मा सुवेदी, भक्तिप्रसाद सिटौला , सीताराम भट्टराई , एकराज उप्रेती र सन्तोषकुमार मेन्याङवो विजयी हुनुभयो ।

कविता घिमिरे बस्नेत, शान्ता बस्नेत, अञ्जुदेवी थपलिया, देवीकुमारी ओली, गीता सिटौला, धनमाया चिमरिया, खड्गबहादुर कार्की, चन्द्रमणि नेपाल, मचिन्द्र शेर्मा, भीमप्रसाद राजवंशी, सुमनकुमार गुप्ता र उजाल अली महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो ।

झापा क्षेत्र नं ५:

झापा क्षेत्र नं ५ बाट सभापति पदमा ढुण्डीराज भण्डारी निर्वाचित हुनुभयो । भण्डारी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । क्षेत्रीय सचिवमा धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती निर्वाचित हुनुभएको छ । सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाईं निर्वाचित हुनुभयो ।

खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा खगेन्द्र पाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईं, भुपालराज कटुवाल र टीकाराज सापकोटा निर्वाचित हुनुभएको छ ।

खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बू, रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाराकोटी र तुलसा पन्त विजयी हुनुभयो भने आदिवासी जनजाति समूह (पुरुषतर्फ) अइन्द्र विक्रम केरुङ र भूमिराज राई विजयी हुनुभयो । आदिवासी महिलामा रमा लिम्बू र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी र डा नेत्र बुढाथोकी विजयी हुनुभयो । खस आर्य महिलातर्फ मन्दरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका निर्वाचित हुनुभयो । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसङ्ख्यकमा नीरज अग्रवाल निर्वाचित हुनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>