Breaking News

एमाले महाधिवेशन : आज चितवनमा मोटरसाइकल र्‍याली गरिँदै

Banner

चितवन, मंसिर ७ –
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आज चितवनमा मोटरसाइलक र्‍याली गरिँदै छ ।

जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल र्‍याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए ।

-यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइकल र्‍यालीमा बृहत् सहभागिता जनाउने गरी तयारी भएको संयोजक सुवेदीले बताए ।

मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>