Breaking News

कांग्रेस चितवन क्षेत्र नं.३: यी हुन् महाधिवेशन प्रतिनिधिमा विजयी हुने उम्मेद्वार (नामसहित)

Banner

चितवन, मंसिर ७–

नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं.३ को महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक भएको छ । सोमबार भएको मतदानबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुलातर्फ कांग्रेस चितवनको सभापतिको उम्मेद्वार समेत रहेका डा.सूर्यकान्त घिमिरे सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । घिमिरेले पहिलो नम्बरमा रहँदै ५३५ मत प्राप्त गरे ।

यस्तै शंकरप्रसाद कंडेल (५३१), टेकप्रसाद गुरुङ (५२७), दिनेश कोइराला (५००), कैलास कोइराला (४२५), रामकृष्ण घिमिरे (४२४), विजय शर्मा भुसाल (३५१), भरत गुरुङ (३३६), उमेश श्रेष्ठ (३२०), चन्द्रध्वज गुरुङ (३०३) निर्वाचित भएका छन् ।

यस्तै महिला तर्फ गीता गुरुङ (४००), शारदा गुरुङ (३६३), अन्जनी श्रेष्ठ (३५५) र सबिता बराल (३१२) निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>