Breaking News

कांग्रेस चितवन क्षेत्र नं ३ को सभापतिमा लालबहादुर दवाडी निर्वाचित (मतपरिणामसहित)

Banner

चितवन,मंसिर ७-

नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ को सभापतिमा लालबहादुर दवाडी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी दामोदर न्यौपानेलाई पराजित गर्दै दवाडी सभापतिमा निर्वाचित भएका हुन् । दवाडीले २९८ मत प्राप्त गरे भने न्यौपानेले २८८ मत प्राप्त गरे । यस्तै अन्य प्रतिस्पर्धी जगन्नाथ कडेलले १५९, अमृत बहादुर बानियाँले १४६ र देवेन्द्र प्रकाश क्षेत्रीले ५७ मत मात्रै प्राप्त गरे ।

यस्तै दुई सचिवमा सरस्वती पाण्डे (४४१) र तुलाराम गुरुङ (२८८) मतका साथ निर्वाचित भएका छन् । अन्य प्रतिस्पर्धीहरु बृजा महतो (२४१), नेत्रप्रसाद सापकोटा (२२८), नविन न्यौपाने (२१३), दीपक कुवँर (१९०) र लिलकुमार महतो (१३६) मत प्राप्त गरे ।

यस्तै दुई सह–सचिवमा सृजना अधिकारी लामिछाने (४६४) र इन्दिरा भुषाल कंडेल (४४७) मतका साथ निर्वाचित भएका छन् । अन्य प्रतिस्पर्धीहरु लक्ष्मी प्रसाद सापकोटा (३२८), गणेशप्रसाद कँडेल (२३७) मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा ९८९ मतदाता रहेकोमा ९८२ मत खसेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>