Breaking News

चितवनबाट अध्यक्ष ओलीको नेतृत्वमा सक्षम पार्टी निर्माण गर्न चाहन्छौंः बादल

Banner

काठमाडौं,मंसिर ६-

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनबाट आफ्नो पार्टी जनादेशमार्फत राजकिय सत्तामा फर्किने दावी गरेका छन् । उनले आगामी महाधिवेशनमार्फत केपी शर्मा ओली नेतृत्वमा पार्टी पुनः संगठित गर्न चाहेको बताए । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने यो महाधिवेशन ऐतिहासिक महत्वको भएको उल्लेख गरे ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘यो दशौं राष्ट्रिय महाधिवेशनको एउटा ऐतिहासिक महत्व यो कुरामा छ कि यो ऐतिहासिक महाधिवेशनमार्फत हामीले एउटा सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने छौं । विधान महाधिवेशनले जुन सही विचार, सही नीति जो प्रतिपादन गरेको छ, त्यसलाई अनुमोदन गर्ने र कार्यान्वयन गर्ने तथा आगामी निर्वाचनको माध्यामबाट फेरी नेकपा एमालेलाई राजकीय सत्तामा पुन स्थापित गर्ने हाम्रो लक्ष्य हो । हामीले भनि राखेका छौं–हामी परमादेशबाट निर्माण भएको यो दक्षिणपन्थी सत्ता र सरकार छ, त्यसलाई हामी जनादेशबाट विस्थापित गर्छौं ।’

एमाले पुनः जनादेशबाट राजकीय सत्तामा पुनस्थापित हुने सन्देश महाधिवेसनले दिने उनले बताए । नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव रहेको थापाको भनाइ छ । उनले भने, ‘हामी १० गते चितवनमा पाँच लाख जनता केन्द्रिकरण गरेर हामी यो सन्देश दिन चाहन्छौं । हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय समितिको निर्माण गरेर एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं । र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>