Breaking News

एमाले महाधिवेशनः नारायणी किनारको उद्घाटन मञ्चमा एकैसाथ ७२ कलाकारले प्रदर्शन गर्न सक्ने

Banner

चितवन,मंसिर ६-

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र स्थलमा मञ्च बनाउने काम ४० प्रतिशत सकिएको छ। सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा मञ्चको व्यवस्थापनको जिम्मेवारीमा खटिएका नेता विनोद श्रेष्ठले ९ गते बेलुकासम्म सबै काम सकिने बताए। मञ्चको लम्बाइ १२० फिट र चौडाइ ६० फिट हुने निर्माण भइरहेको उनले बताए। स्टेजको एउटा भागमा हामी ७२ जना कलाकारले प्रदर्शन गर्न सक्ने गरी व्यवस्थापन गरेका छौं, उनले भने, नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा हामी ७२ जना कलाकारहरूबाट अन्तर्राष्ट्रिय गीत गाउन र राष्ट्रिय धुन बजाउन प्रयत्न गरिरहेका छौं।

नेकपा एमालेका सबै केन्द्रीय कमिटीका सदस्यहरु र पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुलाई मञ्चमा राखिनेछ। त्यसका साथै, स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि मञ्चमै राखिने छ। बीच भागमा देश तथा विदेशबाट आउने पाहुनाहरु, स्थायी कमिटीका सदस्यहरु, दायाँ केन्द्रीय कमिटी, बायाँ सल्लाहकार कमिटी रहने हिसाबले व्यवस्थापन गरेका छौ,श्रेष्ठले भने।

मञ्च निर्माण गर्दा नेपालमा प्रयोग भएका र पाइने सबै प्रविधिहरुलाई उपयोग गर्न खोजिएको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>