Breaking News

सभामुखसँग प्रधानन्यायाधीशको पदमुक्त गर्न नेपाल बारले माग्यो सहयोग

Banner

काठमाडौँ, मंसिर ६-

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै नेपाल बार एशोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिने भन्दै बारले संसदको सहयोग खाजेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सडकको दबाबमा मात्र जबराले राजीनामा दिन्ने भएकाले सभामुखसमक्ष सहयोग गर्नुपर्ने बताए ।

महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>