Breaking News
अर्थमन्त्रीको आश्वासनले चितवनमा रंगशाला बन्ने आशा बढायोः धुर्मुस
०

चितवन,मंसिर ६-
धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माण हुने आशा बढेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माले रंगशाला निर्माणका लागि सरकारले सहयोग गर्ने भनेर सार्वजनिक रुपमा भनेपछि उनले रंगशाला बन्ने आशा बढेको बताएका हुन् ।
धुर्मुसले अर्थ र युवा तथा खेलकुद मन्त्रीसँग रंगशाला निर्माणको विषयमा पटक-पटक सकारात्मक कुराकानी भएको बताए। ‘उहाँहरु दुबै जना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्नुपर्छ भन्नेमा सकरात्मक हुनुहुन्थ्यो, अर्थमन्त्रीले निरास नहुनु सहयोग गर्छु भनेर सार्वजनिकरुपमै बोल्नुभएको सुन्दा खुसी लाग्यो,’ उनले भने, ‘यसले रंगशाला निर्माणको काम फेरि अघि बढ्नेमा आशावादी बनाएको छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























