Breaking News

स्वास्थ्यमन्त्री खतिवडाद्वारा भरतपुर अस्पतालको निरीक्षण,आवश्यक सहयोग गर्ने प्रतिबद्धता

Banner

चितवन,कात्तिक ५-

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भरतपुर अस्पतालको निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री खतिवडाले अस्पतालको आकस्मिक कक्ष, आईसियू, पोष्टअप र शल्यक्रिया कक्षको निरीक्षण गर्नुभएको हो ।

सो क्रममा बोल्दै मन्त्री खतिवडाले भरतपुर अस्पताल देशकै महत्वपूर्ण अस्पताल रहेको भन्दै मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारी अस्पतालको सेवा प्रवाह चुस्त हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालमा आवश्यक श्यया र जनशक्तिको दरबन्दी थप गरिदिन मन्त्री खतिवडालाई आग्रह गर्नुभयो ।

उहाँले सिटिईभिटीले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउने पहल गरिदिन समेत आग्रह गर्नुभएको अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलले जानकारी दिनुभयो । अस्पतालको आयोजनामा भएको स्वागत कार्यक्रममा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले सञ्चालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>