Breaking News

दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँको बालाजुमा सञ्चालन

Banner

चितवन, मङ्सिर ५-

ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ ।

दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको हो ।

दश रोपनि भाडाका जग्गामा एक हजार ३०० अट्ने दुईवटा बैंकेट हल छन् । उहाँका अनुसार १५० क्षमताको रेष्टुरराँ छ । उहाँले भन्नुभयो, “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरिजम क्षेत्रमा २५ वर्षको अनुभव सगाल्नु भएका पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चांैथो शाखा खोलिएको जानकारीदिनुभयो ।

शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो । माछा पोखरी बाइपासबाट करिब ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो ।

दियालो समूहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा छ । चितवनमा १९ कोठासमेत छन् । समूहको नेतृत्व गर्दै आउनुभएका चापागार्इंले निकट भविष्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताउनुभयो । देशका प्रमुख शहरमा बैंकेटको शाखा विस्तार गर्ने तयारी छ । चितवनमा दियालोको दुई हजार २०० जना अट्ने सुविधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर विवाह, भोजसँगै कार्यक्रम गर्न सकिन्छ ।

उहाँ रेष्टुरेन्ट र खानामा आफ्नो बैंकेट उत्कृष्ठ भएको दाबी गर्नुहुन्छ । चापागाईंकै नेतृत्वको समूहले बत्तीसपुतलीमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उहाँ यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुग्नुभएको थियो ।

बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाईले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हाल्नुभएको हो । नेपालमा चापागार्इं बैंकेट क्षेत्रमा परिचित नाम हो । उहाँका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>