Breaking News

चितवन माछा उत्पादनमा आत्मनिर्भर घोषणा,बार्षिक चार हजार ३८ टन उत्पादन

Banner

चितवन,मंसिर ४-

माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी संघले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको छ । शनिबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर संघले यस्तो जनाएको हो । संघका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ ।

‘हामीले उत्पादन गरेको माछा जे जति खपत भएको छ यहाँको माग पनि लगभग त्यही हाराहारी जस्तै देखिन्छ । भारतीय माछा वर्षमा तीनरचार सय टनको हाराहारीमा चितवनमा आउँछ । जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गर्दछौं’ सुवेदीले भने । चितवनमा ३८ सालमा माडी र पश्चिम चितवनको पार्वतीपुर नजिक शंकरचोकमा माछा पालन व्यवसाय सुरु भएको थियो । ०६७ सालदेखि तीव्र व्यवसायिककरण भएको बताइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>