Breaking News

चिसो सँगै प्रदूषण बढदै, काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर , यी हुन् नेपालका रेड जोन सहर

Banner

काठमाडौँ, मङ्सिर ४-

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेसँगै प्रदूषण पनि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको हो।

हाल नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाडौंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।

आज बिहान काठमाडौंको पिएम–२‍.५ को मात्रा प्रतिघण्टा १७६ सम्म पुगेको र यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिने जोशीले बताए ।

यी हुन् नेपालका रेड जोन सहर

शनिबार बिहानको तथ्याङ्क अनुसार काठमाडौं सहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । पिएम २.५ को मात्रा प्रतिघण्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>