Breaking News

गाडीमा हावा भर्ने ट्यांकी विष्फोट, एकको मृत्यु, एक गम्भीर घाइते

Banner

रौतहट, मङ्सिर ४-

गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा रौतहटमा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

रौटहटको कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी विष्फोट भएको हो ।

विष्फोट भएर उछिट्टिएको ट्यांकीको टुक्राले टाउनकोमा लाग्दा ग्यारेजधनी कटहरिया ५ बस्ने २० वर्षीय समसुल मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वीरेन्द्र यादवका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका समसुललाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्ज लैजाने क्रममा शुक्रबार साँझ बाटोमै मृत्यु भएको बताए ।

सोही दुर्घटनामा परी घाइते भएका रौटहटकै २५ वर्षीय जैसी यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>