Breaking News
कांग्रेस अधिवेशन: मतगणनाको क्रममा झडप, छ जना घाइते
०

भैरहवा, मङ्सिर ४-
नेपाली कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क) मा मतगणना क्रममा झडप हुँदा एक उम्मेदवारसहित ५ जना घाइते भएका छन्।
मतगणनाका क्रममा रामचन्द्र पौडेलबाट प्यानल बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा शुक्रबार राति २ बजे आक्रमण भएको हो ।
आफ्नो समूहले अग्रता लिइरहेको अवस्थामा आक्रमण भएको प्रदेश सभा क्षेत्रीय सभापतिका उमेदवार पुरण श्रेष्ठले बताए।
त्यस्तै उक्त झडप परी एक उम्मेदवारसहित ५ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहोको कांग्रेस रुपन्देहीका निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।
त्यस्तै घिमिरेका अनुसार झडपपछि पनि मतगणना स्थगन गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























