Breaking News

चितवनमा भएको नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न, मतगणना सुरु

Banner

चितवन, मंसिर ३ –

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनमा आज भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा आज ६ वटै स्थानमा मतदान केन्द्र राखेर अधिवेशन सम्पन्न गराइएको हो ।

चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले मतदान सम्पन्न भएपछि गणनाको काम थालिएको जानकारी दिए ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १ (क) का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको भवनमा मतदान भएको थियो । सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि दुई जनाको उम्मेद्वारी रहेको छ । कृष्णबहादुर श्रेष्ठ र गणेश मब्ल्ल ठकुरीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ३४५ मतदाता छन् ।

यस्तै १ (ख) को टाँडीमा रहेको होटेल स्टार बैंकुइटमा निर्वाचन भएको थियो । यस क्षेत्रमा तीनजना सभापति पदका दाबेदार रहेका छन् । उम्मेदवारहरुमा गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापा रहेका छन् । यहाँ ५६५ जना मतदाता छन् ।

यस्तै निर्वाचन क्षेत्र २ (क) को उद्योग वाणिज्य संघ चितवनमा मतदान भएको थियो । यस क्षेत्रमा ४७७ मतदाता रहेका छन् । जहाँ सभापति पदका लागि तीनजनाको उम्मेदवारी मनोनयन भएको छ । सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीको उम्मेदवारी रहेको छ ।

यस्तै २ (ख)को निर्वाचन सगोल पार्टी प्यालेस यज्ञपुरीमा सम्पन्न भएको छ । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले उम्मेदवारी दिएका थिए । यस निर्वाचन क्षेत्रमा ४९२ जना मतदाता छन् ।

निर्वाचन क्षेत्र नं ३ (क)को निर्वाचन शहीद स्मारक कलेज शारदा नगरमा भएको थियो । यहाँ ६०५ जना मतदाता रहेका छन् । जहाँ तीनजनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै श्रेत्र नं. ३ (ख) को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा सम्पन्न भएको छ । यहाँ ३५५ जना मतदाता रहेका छन् । यस क्षेत्रका लागि चार जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कँुवर र शोभाखर चापागाईं रहेका छन् ।

हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक सभापति, दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिव निर्वाचित गर्नेछ ।

यस्तै १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित गर्ने मुख्य निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए । प्रदेश अधिवेशन प्रतिनिधिहरु नै सो क्षेत्रको कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ । प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको निर्वाचनका लागि बहुमत प्राप्त उम्मेदवार विजयी हुनेछन् ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएपछि यही मङ्सिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन हुने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>