Breaking News

प्रहरी र कानून व्यवसयीबीच सर्वोच्च परिसरमा घम्साघम्सी

Banner

काठमाडौँ, मङ्सिर ३-

सर्वोच्च अदालतको धर्नास्थलमा प्रहरीले कानून व्यवसयीलाई रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको छ ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको हो ।

आन्दोलित कानून व्यवसायीले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि उनीहरूको प्रवेश सुरक्षाकर्मीले रोक लगाएको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

त्यस्तै प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>