Breaking News
नेपालली आकाशमा निम्न चापीय प्रभाव, आइतबारदेखि मौसममा सुधार आउने
०

काठमाडौँ, कात्तिक ३-
अरबको सागरमा विकसित निम्न चापीय प्रभाव नेपालली आकाशमा भने शनिबार रातिसम्म रहने छ ।
निम्न चापीय प्रभावका कारण हाल देशका अधिकांश भू-भागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
त्यस्तै पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै मौसम पूर्वानुमान महाशाखाका मौसमविद निराजन सापकोटाका अनुसार ‘आइतबार बिहानदेखि बिस्तारै पश्चिमबाट खुल्दै मौसमका सुधार आउने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























