Breaking News

काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालको उम्मेद्वारी घोषणा,सेवामुखी राजनीति पहिलो प्राथमिकता

Banner

चितवन,मंसिर २-

नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालले उम्मेद्वारी घोषणा गरेका छन । आज (विहिबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा खनालले उम्मेद्वारी घोषणा गरेका हुन । काँग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गर्ने खनाल पहिलो हुन् । काँग्रेस चितवनको जिल्ला अधिवेशन यही १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा हुँदैछ ।

पत्रकार सम्मेलन मार्फत खनालले सेवामुखी राजनीतिलाई मूख्य नारा बनाएर चुनावी मैदानमा होमिएको बताए । उनले पार्टीलाई एकीकृत गर्दै मजबुद संगठन निर्माणका लागि आफूले काम गर्ने जनाए । ‘अग्रजहरुको सम्मान गर्दै काँग्रेस भित्र सन्तुलित व्यवहारका लागि मेरो उम्मेद्वारी हो,उनले भने’,गतिशिल काँग्रेस निर्माणका लागि काम गर्नेछु ।’ खनालले पार्टीभित्रको तदर्थबाद,गुटगत,जातिगत र क्षेत्रगत समस्याहरु आफु निर्वाचित भएपछि अन्त्य हुने दाबी गरे । आगामी निर्वाचनमा पार्टीलाई जिल्लाको पहिलो पार्टी बनाउने र पार्टी भित्र सबै नेता कार्यकर्तालाई योग्यता र क्षमताका आधारमा भूमिका दिने समेत उनले बताए ।

खनालले घोषणापत्रमा केन्द्रिय निर्देशन कार्यान्वयन, कार्यालय व्यवस्थापन र सूचना प्रणालि, संस्थागत निर्णयको परिपाटी, क्षेत्रीय प्रतिनिधि,महासमिति,माहाधिवेशन प्रतिनिधिलाई जिम्मेवारी, सल्लाहाकार परिषद्को व्यवस्था, उपविजेता तथा निर्वाचनमा असफल भएकाहरुको व्यवस्थापन, प्रशिक्षणको व्यवस्था, संघीय,प्रदेश र स्थानीय निर्वाचन तयारी एवं कार्य व्यवस्थापन गर्ने उल्लेख गरेका छन । पाँच बर्ष सभापति रहँदैगर्दा अन्य पदको आकांक्षि नबन्ने समेत उनले घोषणा गरेका छन ।

१२ औं महाधिवेशनपछि काँग्रेस चितवन दुर्घटनामा परेको भन्दै उनले विशेष अधिवेशन गर्नुपर्ने परिस्थिति र निर्वाचनमा बागी उम्मेद्वारी दिनुपर्ने अवस्थाले पार्टी कमजोर बनेको खनालको निष्कर्ष छ । उनले पाँच बर्ष अघिको विरासत फर्काउनका लागि पनि आफु सभापतिमा निर्वाचित हुनुपर्ने बताए । नेपाली काँग्रेसमा करिब ४० बर्षको आफ्नो अनुभव पार्टी निर्माणमा केन्द्रित गर्ने उनले बताए ।

नेविसंघ चितवनको नेतृत्व गर्दा स्ववियू निर्वाचनमा पहिलो संगठन र तरुणदलको नेतृत्व गर्दा पार्टीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विजयी हाँसिल गरेको उनले बताए । जिल्लाका नेता कार्यकर्ताको हौसला र साथले आफूलाई थप उत्साहा जागेको उनको भनाई छ । खनालले पार्टीभित्र अन्तरद्धन्द्ध भएपनि बाहिर निस्कदा हार्दिकता रहेको बताए । वडादेखि केन्द्रसम्म फरक फरक खालको समिकरण रहेको भन्दै उनले स्थायी रुपमा गुट निर्माण भन्दापनि अग्रजहरुको सल्लाहामा कार्यक्षमताका आधारमा विचर मिल्नेहरुको टिम निर्माण गरेर अगाडी बढ्ने बताए ।

६ गतेको महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि फाइनल टिम बनाउने खनाले जानकारी दिए । ‘पदाधिकारी सहितको टिम बनाउँछौं,उनले भने’,काँग्रेसमा लामो समय काम गरेका, कार्यकर्ताको मन जिल्न सफल चितवन काँग्रेसलाई नेतृत्व गर्न सक्ने टिम बनाउँछौं ।’ खनाल चितवनमा राजनीति सगैँ शैक्षिक क्षेत्रमा पनि लामो समयदेखि योगदान दिँदै आएका छन ।

अधिवेशनका लागि सभापति पदमा अन्य ७ जनाले पनि आकांक्षा राखेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रजिष्ट्रार भएर काम गरेका प्रा.डा.सूर्यकान्त घिमिरे, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ, हाल पार्टीका जिल्ला उपसभापति कैलाश कोइराला, जिल्ला सचिव उत्तम जोशी, राष्ट्रिय सभाका पूर्व सदस्य जगन्नाथ पौडेल, चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनेका राजेन्द्र बुर्लाकोटी र विजय भुषालले पनि सभापतिमा उठ्ने बताउँदै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>