Breaking News

३ हजार बढिलाई पार्टीमा स्वागत गर्दै ओलीले भनेः बाँके जिल्ला एमालेको किल्ला

Banner

नेपालगन्ज,मंसिर १-

लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतासहित ठूलो संख्यामा नेता कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार ९ सय ४३ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमाले नेता देवराज भारले जानकारी दिए । राजपाका पूर्वसहमहामन्त्री मिश्र २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।

राजनीतिकरूपमा बलियो पकड भएका मिश्र राजपाका इस्तिहाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए । विभिन्न दलबाट एमाले रोजेका नेता-कार्यकर्तालाई स्वागत तथा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पुगेका थिए । उनले देशैभरी एमालेमा आउनेको लहर चलेको भन्दै आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे । आज पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने संकेतको रूपमा आजको कार्यक्रमलाई लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>