चितवन विशेष

महाधिवेशनमा राष्ट्रिय जनसास्कृतिक महासंघ चितवनले सांस्कृतिक प्रस्तुति गर्ने

Banner

चितवन,कात्तिक ३०-

नेकपा एमाले को १० अ‍ौँ महाधिवेशनमा राष्ट्रिय जनसास्कृतिक महासँघ नेपाल चितवनले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने भएको छ । पार्टीको सांस्कृतिक समितिका सहसंयोजक एवं केन्द्रीय सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यता र राष्ट्रिय जनसास्कृतिक महासँघ नेपालका केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्यको विशिष्ट आथित्यतामा भएको वैठकले सो निर्णय गरेको महासंघका सचिव कृष्ण खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार महासंघ चितवनले मौलिकतामा आधारित स्टेज प्रस्तुतिका साथै जनसाहित्य मन्च चितवनले साहित्यिक प्रस्तुति प्रस्तुत गर्नेछ । वैठकमा अतिथिका रुपमा उपस्थित रहनुभएका युवा सँघका सचिवालय सदस्य एवं महासँघ चितवन सल्लाहकार अस्मिन घिमिरेलेले समग्र कार्यक्रमको मोडालिटीको वारेमा छलफल चलाउनुभएको थियो । महासँघले आफुले प्रस्तुति गरिने कला र साहित्यको आन्तरिक तयारी गर्न केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्यको अनुगमन मुल्यांकन रहने महासँघ चितवनले जनाएको छ । वैठक महासंघ जिल्ला अध्यक्ष केदार दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेकपा एमालेको दशौँ महाधिवेशनको नारायणी नदि किनारमा मङ्सिर १० गते उद्घाटन समारोह गर्नेछ भने ११ र १२ गते सौराहामा बन्द सत्र संचालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>