Breaking News

१७ करोड बढि ऋण छ,तर रंगशाला निर्माणबाट भागेका छैनौंः धुर्मुस्

Banner

चितवन,कात्तिक ३०-

हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले आफूहरु रंगशाला निर्माणको परियोजनाबाट पर नभागेको बताएका छन्। सामाजिक सञ्जालमा ‘धुर्मुस सुन्तली फाउण्डेशन’मार्फत् एक भिडियो सन्देश राख्दै धुर्मुसले आफूहरु स्थगित रहेको परियोजनाबाट पर नभागेको र छिट्टै यसलाई पुनःसञ्चालन गर्ने बताएका छन्।

गत भदौ ३१ गते धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काममा खर्च धेरै भएको र ऋण लागेको भन्दै तत्काललाई काम रोकेको थियो। करिब ३५ प्रतिशत काम सकिएको दाबी गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले १६ करोडभन्दा धेरै ऋण लागेकोले तत्काललाई काम स्थगित गरेको जनाएको थियो। २०७५ माघ १६ गतेबाट रंगशाला निर्माणको काम थालेको फाउण्डेसनले हालसम्म रंगशाला निर्माणमा ५४ करोड रुपैयाँ खर्च भएको दाबी गरेको थियो।

ऋण धेरै भएका कारण थप उधारोमा कारोबार गर्न नसकिने भन्दै गत भदौंमा फाउण्डेसनले रंगशाला निर्माणको कामलाई रोकेको थियो। रोकिएको परियोजनाको काम अब छिट्टै सुरु गर्ने धुर्मुसले बताएका छन्। सामाजिक सञ्जालमा मंगलबार एक भिडियो राख्दै धुर्मुसले भनेका छन्, ‘हामीले सरकारलाई आह्वान गरेको निकासका लागि हो। देशको सम्पत्तिको लागि हो। देशको धरोहर बनिरहेको छ।’ धुर्मुसले भिडियोमार्फत रंगशाला निर्माणको अभियानमा फेरि एक पटक जुरमुराएमा अबको ६ महिनादेखि एक वर्षभित्रमा इतिहासकै पहिलो ३० हजार क्षमताको अन्तराष्ट्रिय रंगशाला निर्माण हुने बताएका छन्।

आफूले रंगशाला निर्माण गर्ने उद्देश्य लिएर अघि बढ्दा धेरैभन्दा धेरै आश्वासन मात्रै पाएको उनले बताए। सँगै आफूले पाएका साथ र हातहरु पनि विस्तारै टुट्दै गएकाले तिनिहरुलाई जोड्ने प्रयास गरिरहेको धुर्मुसले बताएका छन्। सँगै केही दिनमा रंगशाला निर्माणमा भएका विवरणहरु सार्वजनिक गर्ने उनले बताए। ‘संघीय, प्रदेश र स्थानीय सरकारलाई अब यसको अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्छ,’ धुर्मुसले भनेका छन्, ‘अब यसको निकास कसरी गर्ने ? १७ करोडभन्दा माथि ऋणको भारी बोकेर म हिँडिरहेको छु, हामी हिँडिरहेको छु। स्थगित रहेको परियोजना छिटो भन्दा छिटो अघि बढ्ने छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>