Breaking News
गठबन्धनले सभा गर्दा आँगन भरिँदैन, एमालेले सभा गर्दा भित्ताभित्ता भरिन्छ

काठमाडौं,कात्तिक २९-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनभन्दा आफ्नो पार्टीको प्रभाव राम्रो भएको बताएका छन्। उनले आफ्नो पार्टीले सभा गर्दा भित्ताभित्ता भरिने बताएका हुन्। यहाँहरुलाई थाहा छ, दुनियाँ एकापट्टि लागेको छ। पाँच दलीय गठबन्धन भन्छन्। गठबन्धन कत्रो हुन्छ ? गठबन्धनले सभा गर्यो भने आँगन भरिँदैन। एक आँगन भरिँदैन, सोमबार धनकुटामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उनले भने, नेकपा एमालेले सभा गर्ने भन्यो हेर्नुस् त, कान्लाकान्ला, भित्ताभित्ता। कतै अटेको छैन। बाटाघाटा, भित्ताभित्ता सबै। कोही रुख चढेर हेर्नुभएको छ, कोही बार्दलीबाट हेर्नुभएको छ।
उनले नेपाली कांग्रेसलाई थोत्रो पार्टी भएको बताए। नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो। अब नेपाली कांग्रेसको पछाडि लाग्ने कस्ता होलान् विचार गर्नुस् त,गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले भने।
























