Breaking News

चितवनमा वाइसीएल जिल्ला कोषाध्यक्ष भट्टराई सहित एक दर्जन युवा एमाले प्रवेश

Banner

चितवन,कात्तिक २९-

चितवनका एक दर्जन युवा नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र खैरहनी सचिवालय सदस्य केशव भट्टराईसहित १२ जना युवा एमाले प्रवेश गरेका हुन् । भट्टराई माओवादी भातृसंगठन वाइसिएल चितवन जिल्ला कोषाध्यक्षसमेत हुन् ।

उनीसँगै नेकपा माओवादी केन्द्र खैरहनी नगर कमिटी सदस्य फुलचन चौधरी,नेकपा माओवादी वडा नम्बर ६ का अध्यक्ष आर्जन प्रधानसहित १२ जना एमाले प्रवेश गरेका थिए । उनीहरुलाई एमाले चितवनको बिस्तारित बैठकमा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य भानुभक्त ढकाल, जिल्ला अध्यक्ष पार्वती रावललगायतले टीका लगाएर स्वागत गरे।

एमाले प्रवेश गरेपछी माओवादी परित्याग गरेका भट्टराईले खैरहनी मात्र नभई जिल्लानै माओवादीलाई शुन्य बनाउने बताए । माओवादी अध्यक्ष प्रचण्डले पाटी संचालन गर्न नसकेको,बिकास निर्माणका काम गर्न नसकेको ,कार्यकर्ता संरक्षण गर्न नसकेको भन्दै अब एमालेमा सक्रिय भएर लाग्ने भट्टराईले प्रतिबद्धता जनाए ।

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमाले प्रवेश गरेका युवाहरुलाई पाटिमा उचित स्थान दिने भन्दै सक्रिय भएर पाटी गतिविधिमा लाग्न आग्रह गरे । हिजो मात्रै चितवनका माओवादी केन्द्र निकट बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>