Breaking News
नेकपा (माले) को महासचिवमा पुनः सीपी मैनाली निर्वाचित
०

चितवन,कात्तिक २९-
नेकपा (माले) को आठौं महाधिवेशनबाट पुनः महासचिवमा सीपी मैनाली निर्वाचित भएका छन ।
आज (सोमबार) सम्पन्न महाधिवेशनबाट मैनालीको नेतृत्वमा ५८ सदस्यीय नयाँ केन्द्रिय कमिटी चयन गरिएको हो । मालेको महाधिवेशन शनिवारदेखि चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा संचालन भएको थियो ।
केन्द्रिय कमिटीको दोस्रो बैठकबाट पद बिभाजन गर्ने केन्द्रीय सदस्य दिननाथ घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए । महाधिवेशनको बन्द सत्रमा ६ ओटा विषयमा कार्यपत्र प्रस्तुत भएको छ ।
बेलायती संसदीय ब्यबस्था असफल भएकोले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने व्यवस्था गर्न माहाधिवेशनबाट माग गरिएको छ ।
सबै प्रस्ताबहरु सर्वसम्मत पास भएको नेकपा(माले) ले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























