Breaking News

काठमाडौँ उपत्यका सँगै देशभर चिसो बढ्यो, जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री

Banner

काठमाडौँ, कात्तिक २९-

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सँगै देशभरी दिनमा घाम लागे पनि बिहान-बेलुका चिसो बढिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ० डिग्री र अधिकतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस रहेको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने पनि प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हिमपातको सम्भावाना रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>