Breaking News

ओखलढुंगामा बोलेरो दुर्घटना : चार जनाको मृत्यु, १२ जना घाइते

Banner

काठमाडौं कात्तिक २९,-

एकादशी मेलाका तीर्थालु सवार जिप ओखलढुंगामा दुर्घटना भएको छ ।

एकादशी मेला हेर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ आज बिहान सुनकोशी गाउँपालिकामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छन् ।

त्यस्तै तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख काफ्लेले बताए ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए ।

नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>