Breaking News
आज पास भएका / नभएका सबै पत्रकारलाई सर्वोच्च प्रवेशमा रोक
०

काठमाडौँ, कात्तिक २९-
काननु व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गरेर राखेको आन्दोलनमा आइतबारसम्म सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गरेपनि आजबाट भने पत्रकारको प्रवेशमा रोक लगाएको छ ।
सर्वोच्च परिसरमा सुरक्षार्थ खटिएका एकजना प्रहरी अधिकृतका अनुसार आज (सोमबार) भने पास भएका/ नभएका सबै पत्रकारहरुको प्रवेशमा रोक लगाइएको हो ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई लक्षित गरी सर्वोच्च अदालत भित्र र बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























