Breaking News

वकिलहरुले भनेः प्रधानन्यायाधीश गुण्डाहरूका पनि नाइके

Banner

काठमाडौं,कात्तिक २८-

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गुण्डाहरूको नाइके भएको अधिवक्ताहरुले बताएका छन् । बारको सभालाई सम्बोधन गर्दै वकिलहरुले भने, ‘आज देखिहाल्नु भयो नि तपाईंहरूले प्रधानन्यायाधीश जबरा गुण्डाहरूको पनि नाइके रहेछन् ।’

अधिवक्ता मेघराज पोखरेलले अब न्यायालयमा जारी आन्दोलन खुलाउनका लागि प्रधानन्यायाधीशको राजीनामा नै न्यूनतम शर्त भएको बताएका छन् । ‘उहाँ बिचौलियाको नाइके हो भन्ने पुष्टि भएको छ । उहाँ गुण्डाहरुको नाइके भनेर पनि आज देखिएको छ,’ नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा धर्नापछि बार भवन परिसरमा गरेको विरोध सभामा बोल्दै अधिवक्ता पोखरेलले भने, ‘त्यसैले अब उहाँको राजीनामा नभएसम्म हाम्रो आन्दोलन रोकिदैन ।

आइतबार सर्वोच्च अदालत प्रवेश गर्ने मुख्य गेट अगाडि वकिलहरुले गरिरहेको प्रदर्शनमा युवाहरुले प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>