Breaking News

सर्वोच्चमा आज पनि आन्दोलित छन् कानून व्यवसायी

Banner

काठमाडौँ, कात्तिक २८-

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतमा धर्ना दिन सुरु गरेका छन् ।

यस क्रममा धर्नाको नेतृत्वकर्ता नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले र व्यवसायीहरूले प्रधानन्यायाधीश जबरालाई पद छाड्न आग्रह गरेको हो।

सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीश न्यायपालिकाप्रति माया छ भने छाडिदिनुहोस्।’

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए भने जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । त्यस्तै आज भने वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन् ।

कानून व्यवसायीहरू बिगत दुई सातादेखि आन्दोलित छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>